खेल


आठौं आरबीबी एनभीए च्याम्पियनसिप : यस्तो देखियो आइतबारका खेलहरू (तस्बिर)

आठौं आरबीबी एनभीए च्याम्पियनसिप : यस्तो देखियो आइतबारका खेलहरू (तस्बिर)

नेपालखबर
चैत ४, २०८० आइतबार २१:१५, काठमाडौँ

आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ टिपटप हेल्प नेपाल, मणिमुकुन्द भलिबल क्लब, बूढानीलकण्ठ र सुदूरपश्चिम प्रदेशले जित हात पारेका छन्।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा टिपटप हेल्प नेपालले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पाखा लगाएको हो।

हेल्प नेपालले २५–१९,२६–२४,२५–१५ ले पाखा लगाएको हो।

आजै भएको अर्को खेलमा मणिमुकुन्दले न्यूटन भलिबल क्लबलाई ३–० कै सोझो सेटमा हरायो। मणिमुकुन्दले न्युटनलाई २९–२७,२५–२३,२५–२३ ले पराजित गरेको हो ।

त्यसअघि बूढानीलकण्ठ भलिबल क्लबले कर्णाली प्रदेशलाई २५–१०,२५–१८,२५– १७ ले पराजित गर्यो।

आजै भएको पुरुषतर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले जावलाखेल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो।  तीन भारतीय खेलाडी राखेको सुदूरपश्चिमले जावलाखेललाई २५–२१, २५–१३,२५–१७ ले पाखा लगाएको हो।

महिलातर्फ नेपाल पुलिस क्लब र एपीएफले जित हात पारे।

च्याम्पियनसिपको विजेता टोलीले ५ लाख तथा उपविजेताले २ लाख रुपैया पाउनेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .