ad ad

खेल


पलेसालाई प्रधानमन्त्रीबाट बधाई र शुभकामना

पलेसालाई प्रधानमन्त्रीबाट बधाई र शुभकामना

फाइल फाेटाे : खेलाडी पलेसा गोवर्धन र प्रधानमन्त्री प्रचण्ड


नेपालखबर
चैत ५, २०८० सोमबार ७:१०, काठमाडौँ

फ्रान्समा हुने पेरिस पारालिम्पिक गेम्सका लागि छनोट भएकामा पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन्। 

चीनमा जारी पारा ओलम्पिकको एसियन छनोटमा सोमबार पलेसा के ४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा स्वर्ण जित्दै पारालिम्पिक गेम्समा छनोट भएकी हुन्। 

यसका लागि प्रधानमन्त्री प्रचण्डले बधाईका साथै सफलताका लागि शुभकामना व्यक्त गरेका हुन्।    

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चीनमा भएको एसियन छनोट खेलबाट पेरिसमा हुने पारा ओलम्पिकका लागि छनोट भएकी पारा खेलाडी पलेसा गोवर्धनलाई बधाईका साथै थप सफलताका निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .