ad ad

खेल


खेलकुद मन्त्री भन्छन् : नेपाली खेल क्षेत्रको अधोगति एकै दिनमा भएको होइन

खेलकुद मन्त्री भन्छन् : नेपाली खेल क्षेत्रको अधोगति एकै दिनमा भएको होइन

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार १९:४२, काठमाडौँ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुद एकै दिनमा अधोगतिमा नपुगेको बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलबार भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले चरणवद्ध नेपाली खेलकुद अधोगतिमा गएको बताएका हुन्।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठलाई स्वागत गरे। उक्त अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको बताएका छन्। 

‘नेपालीको खेलकुदमा बजेट धेरै न्यून र अपर्याप्त छ। चाहेजस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त छैन,’ मन्त्री श्रेष्ठले भने।

देशभित्र राष्ट्रिय एकतामा कमी आइरहेको अवस्थामा खेलकुद क्षेत्र आफ्नो रोजाइमा परेको मन्त्री श्रेष्ठले प्रष्ट्याएका छन्।

उनले मन्त्रालयलाई अधिकारमा सीमित गरिएको पनि बताएका छन्। ‘खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै छन्। तर, अधिकारको सबालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको छ,’ श्रेष्ठले भने। 

मन्त्री श्रेष्ठले सरोकार निकाय राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी (एनओसी) र खेल संघबीचको सम्बन्ध त्रिभुज आकारको भएकाले नेपाली खेलकदको विकास राम्रोसँग हुन नसकेको बताए।

खेलको वर्गीकरण नेपाली खेलकुदको आवश्यकता रहेको उनले बताए। नेपालका खेल संघहरू हराइरहेको आभास आफूलाई भइरहेको मन्त्री श्रेष्ठको तर्क छ।

संघहरूले आफूलाई नयाँ ढंगले अगाडि बढाउन सके मात्रै खेलकुदको विकास सम्भव हुने उनले बताएका छन्।

आइओसीको चार्टरभित्र रहे पनि नेपाल ओलम्पिक कमिटी नेपालको कानुनमा पनि रहेर काम गर्नुपर्ने मन्त्री श्रेष्ठले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .