ad ad

खेल


गण्डकी र हेल्प नेपाल सेमिफाइनलमा

गण्डकी र हेल्प नेपाल सेमिफाइनलमा

नेपालखबर
चैत ७, २०८० बुधबार १८:४९, काठमाडौँ

गण्डकी प्रदेश र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब आठौं आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको दोस्रो क्वार्टरफाइनलमा गण्डकीले एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल पुगेको हो।

गण्डकीले एपीएफलाई २५–१७, ३०–२८ र २५–२३ को सोझो सेटमा पाखा लगाएको हो।  

बुधबार नै भएको पहिलो क्वार्टरफाइनलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा नै हेल्प नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो। 

हेल्प नेपालले बूढानीलकण्ठलाई २५–१८,२५–१७, २५–२३ ले हरायो। 

महिलातर्फको खेलबाट सेमिफाइनल समीकरण पूरा भएको छ।

चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला भलिबल टिम र एभरेष्ट भलिबल क्लब भिड्नेछन्। एपीएफले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .