ad ad

खेल


फिफा विश्वकप छनोट : आज नेपाल बहराइनसँग भिड्दै

फिफा विश्वकप छनोट : आज नेपाल बहराइनसँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०८० बिहिबार ८:२१, काठमाडौँ

फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा आज (बिहीबार) नेपाल बहराइनसँग भिड्दै छ। 

बहराइनको घरेलु मैदानमा हुने खेल नेपाली समयानुसार राति पौने १ बजे सुरु हुनेछ।

होम एन्ड अवेका आधारमा खेल हुने भए पनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल बहराइनमा खेल्ने भएको हो।

नेपालले न्युट्रल भेन्युका रूपमा भुटान र साउदी अरब प्रस्ताव गरे पनि बहराइनले खेल्न अस्वीकार गर्दै दुवै खेल आफ्नै मैदानमा खेल्ने बताएको हो। 

नेपालले पहिलो चरणको पहिलो लेगमा लाओससँग बराबरी गरेको छ भने दोस्रो लेगमा १–० को जित हासिल गरेको छ।

नेपाल समग्रमा १–० नतिजा निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो। 

दोस्रो चरणमा नेपाल रहेको समूहमा बहराइनसँगै यमन र यूएई छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .