ad ad

खेल


गण्डकी प्रदेश बास्केट बल संघ गठन

गण्डकी प्रदेश बास्केट बल संघ गठन

नेपालखबर
चैत ८, २०८० बिहिबार १६:५७, काठमाडौँ

प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा गण्डकी प्रदेश बास्केटबल संघ गठन भएको छ।

पोखरामा सम्पन्न भेलाले अध्यक्षसहित १५ सदस्यीय कार्यसमिति नै निर्विरोध रुपमा चयन गरेको हो।

गुरुङ यसअघि छकास्की जिल्ला बास्केटबल संघका अध्यक्ष समेत रहिसकेका छन्।

संघको उपाध्यक्षमा किरण सापकोटा (म्याग्दी) र कौशल्या गुरुङ (स्याङजा) निर्वाचित भए। संघको महासचिवमा विष्णुकुमार गुरुङ (कास्की) र सचिवमा सतिश राई (नवलपुर), कोषाध्यक्षमा दिलिप गुरुङ्ग (कास्की) सर्वसम्मत निर्वाचित भए।

कार्यसमिति सदस्यमा जगत राना (स्याङजा), सोनाम गुरुङ (लमजुङ), शौरभ केसी (बागलुङ), विशन राना (म्याग्दी), मिलन पाइजा पुन (पर्वत), प्रदिप रसाइली (मुस्ताङ), कृपाश्वर गुरुङ (कास्की) र कृष्णकुमार श्रेष्ठ (तनहुँं) सर्वसम्मत भए।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकी प्रदेशमा बास्केटबल खेलको विकासका लागि बलियो टिम गठन भएकोमा बधाई दिँदै दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .