ad ad

खेल


बहराइनसँग नेपाल ५–० ले पराजित

बहराइनसँग नेपाल ५–० ले पराजित

नेपालखबर
चैत ९, २०८० शुक्रबार ५:२८, काठमाडौँ

फिफा विश्वकप दोस्रो चरणको छनोट अन्तर्गत बहराइनविरुद्धको पहिलो लेगमा नेपाली राष्ट्रिय फुटबल टोलीले फराकिलो हार व्यहोरेको छ।

बिहीबार राति बहराइन राष्ट्रिय रगंशालामा भएको खेलमा नेपाली टोली ५–० को फराकिलो अन्तरले पराजित भएको हो। 

पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप २ गोल खान पुग्यो। 

नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपाली टोलीले छनोटका दुबै लेग बहराइनको घरेलु मैदानमा खेल्न लागेको हो। 

बहराइन अफ्नो घरेलु मैदानको फाइदा उठाउँदै खेलको दोस्रो मिनेटमा नै अग्रता लिन सफल भएको थियो। माहदी अल हुमाइदानको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता बनाएको थियो। 

नवौँ मिनेटमा सायद बाकेरको गोलमा नेपाल सुरुवातमा नै २–० ले पछि पर्यो। पहिलो हाफमा थप गरिएको चौथो मिनेटमा अलि मादनको गोलमा नेपाल पहिलो हाफमा नै ३–० ले पछि परेको थियो। 

खेलको ८७ औँ मिनेटमा इब्राहीम अल खतालको हेडर गोलमा घरेलु टोलीले फराकिलो अग्रता बनाउन सफल भयो। 

इन्ज्युरी समयमा बहराइनले पेनाल्टी मौका पायो। लाकेन लिम्बुले डिबकस एरियाभित्र अल खताललाई लडाएपछि बहराइनले पेनाल्टी अवसर पाएको थियो। जुन मौकालाई इस्माइल हसनले खेर जान दिएनन् र टोलीलाई ५–० को अवस्थामा पुर्याए। 

बहराइनविरुद्धको खेलमा नेपालका लागि डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सन्जित) ले डेब्यु गरे। अभिषेकले खेलको सुरुवाती रोजाइमा मौका पाउँदा सोभाग्यले दोस्रो हाफमा नेपालका लागि डेब्युको मौका पाए। 

विश्वकप छनोटमा समुह एच मा रहेको नेपाल अंक बिहीन छ। छनोटका तीन खेलमा हार भोगेको नेपाल अंक बिहीन रुपमा अंक तालिकाको पुछारमा छ। २ मध्य २ खेलमा जित निकालेको बहराइन ६ अंकसहित दोस्रो स्थानमा छ। 

तीन खेलमा अपराजित रहेको युएई ९ तालिकाको शीर्ष स्थानमा रहँदा १ खेलमा जित र २ खेलमा हार भोगेको यमन ३ अंकसहित तेस्रो स्थानमा छ। 

विश्वकप छनोट अन्तर्गतकै दोस्रो लेगमा नेपाल र बहराइनले १४ गते पुनः खेल्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .