ad ad

खेल


आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत १३, २०८० मंगलबार १६:३१, काठमाडौँ

सोमपाल कामीको ह्याट्रिक विकेट र कुशल मल्लको घातक बलिङमा नेपाल भ्रमणमा रहेको आयरल्याण्ड वुल्भ्सलाई हराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ खेलको टी–२० आइ सिरिज आफनो पक्षमा पारेको छ। 

मंगलबार भएको सिरिजको दोस्रो खेलमा पाहुना टोली आयरल्याण्डलाई ७१ रनले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो। 

नेपालले दिएको १ सय ९९ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्ड वुल्भ्सको ए टोली १८.३ ओभरमा १ सय २७ रन बनाउँदा अलआउट भयो। 

१९ औँ ओभरमा सोमपाल कामीले ह्याट्रिक विकेट लिएपछि नेपालले सानदार जित दर्ता गरेको हो। 

आयरल्याण्डका लागि ओपनर स्टेफन डोहेनीले २६ रन बनाए। मोरङ टोपिक २१ रनमा क्याच आउट भए। फियोन ह्यान्ड ५ र ग्याभिन होनी १ रनमा आउट भए। 

केड कार्मिचेलले १८ र रोस अडाऐरले १७ रन बनाए। कप्तान निल रक १७ रनका क्याच आउट भए। 

नेपालका लागि सोमपाल कामी र कुशल मल्लले समान ३ विकेट लिए। करण केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९८ रनको योगफल तयार पारेको थियो। 

चौथो विकेटका लागि गुल्सन झा र कप्तान रोहित पौडेलले ७१ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफलको आधार खडा गरेको थियो। 

३२ बलमा १ चौका र ४ छक्का प्रहार गरेका गुल्सन ४६ रन बनाउँदा वेन ह्वाइटको बलमा कप्तान निल रकको हातबाट क्याच आउट हुन पुगे।

त्यसअघि ओपनर आशिफ शेख ११ रन बनाउँदा म्याथु फोस्टरको बलमा क्याच आउट भए। अर्का ओपनर कुशल भुर्तेल २५ रन बनाउँदा क्याच आउट नै भए।

कुशलले १६ बलमा २ चौका र २ छक्का प्रहार गर्दा फोस्टरको बलमा नै आउट हुन पुगे। 

अनिल साह १२ रन बनाउँदा पेभेलियन फर्के। कप्तान रोहित पौडेल ३३ रन बनाउँदा आउट हुन पुगे। उनले २४ बलमा ५ चौका हाने। 

विष्फोटक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्का प्रहार गरेका कुशल मल्ल ३४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। 

सन्दीप जोरा २१ रनमा क्याच आउट भए। विवेक यादव ७ रनमा अविजित रहे। लामो सट खेल्ने धुनमा रहँदा आयरल्याण्डविरुद्ध नेपालका ७ ब्याटर क्याच आउट भए। 

आयरल्याण्डका लागि म्याथु फोस्टर र बेन ह्वाइटले समान २ विकेट लिए। फियोन हान्ड र गाभिन होइले समान एक विकेट आफ्नो नाममा गरे। 

नेपाली टोली अब बरोडा र गुजरात सम्मिलित त्रिकोणात्मक फ्रेन्डशिप कप खेल्न गुजरातको वापी जानेछ। 

नेपालले १८ गते गुजरात र २० मा बरोडासँग खेल्नेछ। यस्तै २१ गते पुनः गुजरात र २३ गते  बारोडाविरुद्ध खेल्नेछ।। फाइनल खेल २५ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .