ad ad

खेल


राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार १३:९, काठमाडौँ

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि भएको छ। 

आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सातौँ संस्करणमा १ लाख ९९ हजार रुपैयाँले पुरस्कार रकममा वृद्धि गरेको जनाएको हो। 

प्रतियोगिताका विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए। 

गत संस्करणका विजेताले ३ लाख रुपैयाँ प्राप्त गरेका थिए।

अब प्रतियोगिताको उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ  पाउनेछन्। 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। विधागततर्फ उत्कृष्ट हुने खेलाडीले  जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिता आगामी १२ देखि १५  गतेसम्म हुनेछ।

प्रतियोगितामा साविक विजेता न्यु डायमन्ड यूथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लव, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लव, र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी ५ टोली सहभागी हुनेछन्। 

नेपाल भलिवल संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिनेछ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद‌को कभर्डहलमा हुनेछ। 

यसैगरी सातौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेर बहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गर्ने खड्काले बताए। 

प्रतियोगितालाई केएनपी नेरोलेकले  मुख्य प्रायोजन गर्नेछ। प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .