ad ad

खेल


यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, टोलीमा एक परिवर्तन

यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, टोलीमा एक परिवर्तन

नेपालखबर
बैशाख ७, २०८१ शुक्रबार ११:३०, काठमाडौँ

एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 

ओमानको अल अमरेत क्रिकेट मैदान टर्फ १ मा यूएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। 

टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले अघिल्लो खेलबाट एक परिवर्तन गरेका छन्। पहिलो खेलमा विश्राम पाएका सोमपाल कामी टोलीमा फर्कंदा प्रतिश जिसी बेन्चमा छन्। 

नेपाल आजको खेलमा यूएईलाई हराउँदै अपराजित रहेर फाइनल खेल्ने योजनामा छ। यूएई भने बलियो टोली नेपाललाई हराउँदै फाइनलमा पुग्ने दाउमा छ। 

यो खेलको विजेताले आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन्। सो खेल सवा ४ बजे सुरु हुनेछ। 

नेपालको सुरुवाती ११ः

कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, अविनाश बोहोरा र ललित राजवंशी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .