खेल


नेपाललाई चौथो सफलता, सन्दीपको हातबाट आउट भए वेस्ट इन्डिजका कप्तान

नेपाललाई चौथो सफलता, सन्दीपको हातबाट आउट भए वेस्ट इन्डिजका कप्तान

नेपालखबर
बैशाख २२, २०८१ शनिबार १३:३०, काठमाडौँ

वेस्ट इन्डिजका कप्तान रोष्टन चेस आउट भएका छन्। २३ बलमा ३३ रन बनाएका रोस्टन अविनास बोहोराका बेलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। 

एलिक अथानाजे १० रनमा नटआउट छन्। अहिले क्रिजमा म्याथु फोर्ड आएका छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको वेष्ट इण्डिजले १४ ओभरको खेल जारी रहँदा ४ विकेटको समाप्तीमा १ सय ५ रन बनाएर खेलिरहेको छ।

वेस्ट इन्डिजका ओपनर जोनसन चाल्स २४ रन बनाउँदा पेभेलियन फर्के। २० बलमा २ चौका र २ छक्का हानेका जोनसन सागर ढकालको बलमा कट एण्ड बोल्ड भए। 

अर्का ओपनर कदिम एलियन ११ रन बनाउँदा सागर कै बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। मार्क दियान ११ रनमा नै सागरको बलमा रोहितको हातबाट आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .