ad ad

खेल


भ्यालीकप टी२० क्रिकेटको फाइनलमा सीईसी काठमाडौं र भक्तपुर क्रिकेट सेन्टर भिड्ने

भ्यालीकप टी२० क्रिकेटको फाइनलमा सीईसी काठमाडौं र भक्तपुर क्रिकेट सेन्टर भिड्ने

नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १८:१९, काठमाडौँ

एनसीसीएस आमन्त्रण भ्याली कप टी–२० क्रिकेट प्रतियोगिताको पुरुषतर्फको उपाधिका लागि सीईसी काठमाडौ र भक्तपुर क्रिकेट सेन्टर भिड्ने भएका छन्। 

शुक्रबार भएको सेमिफाइनलमा सीईसी काठमाडौँले सिइसी भक्तपुरलाई ८३ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो। 

काठमाडौले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको भक्तपुरले १७.४ ओभरमा ८२ रन बनाउँदा अलआउट भयो।

त्यसअघि काठमाडौले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको थियो। काठमाडौका रित गौतम र सुशान्त थापाले समान ५४ रनको योगदान दिए। 

आजै भएको दोस्रो सेमिफाइनलमा ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ४ रनले हराउँदै भक्तपुर क्रिकेट सेन्टर फाइनमा पुगेको हो। भक्तपुरले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १९ रन मात्र बनाउन सक्यो। 

त्यसअघि भक्तपुरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय २३ रनको योगफल तयार पारेको थियो। 

प्रतियोगितामा महिला पुरुषतर्फको उपाधि भिडन्त भोलि शनिबार हुनेछ। महिलातर्फको उपाधिका लागि काठमाडौँ र ललितपुर भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .