ad ad

खेल


फिफा विश्वकप छनोट : यूएईविरुद्ध नेपालको अन्तिम टोली घोषणा

फिफा विश्वकप छनोट : यूएईविरुद्ध नेपालको अन्तिम टोली घोषणा

फाइल तस्बिर


नेपालखबर
जेठ २०, २०८१ आइतबार १६:२१, काठमाडौँ

फिफा विश्वकप दोस्रो चरण छनोट अन्तर्गत यूएईविरुद्धको खेलका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अन्तिम टोलीको घोषणा गरेको हो। 

नेपालले यूएईविरुद्धको खेल बिहिबार साउदी अरेबियामा खेल्नेछ। खेल साउदीको प्रिन्स मोहम्मद, विन फैद रगंशालामा राति पौने १० बजे सुरु हुनेछ। 

नेपाल यसअघि यूएईसँगको पहिलो खेलमा ४–० ले पराजित भएको थियो। 

नेपालको एकमात्र अन्तराष्ट्रियस्तरको दशरथ रगंशाला खेल्न अयोग्य हुँदा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल तथष्ट भुमिका रुपमा साउदीमा खेल्न लागेको हो। 

छनोट अन्तर्गत यमनविरुद्धको खेल पनि नेपालले जेठ २९ गते साउदीमा नै खेल्नेछ। 

नेपालले यसअघि रगंशालाकै खराब अवस्थाका कारण बहराइनसँगको दुवै खेल उस्कै मैदानमा खेलेको थियो। 

समूह एच मा रहेको नेपालले यसअघि समुह चरणका चारै खेलमा हार भोगेको छ। नेपालले युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो। 

बहराइसँगको पहिलो खेलमा ५–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो। 

नेपाली टोलीः 
गोलरक्षकः किरण कुमार लिम्बुु, अविशेक बराल, विशाल सुनार
डिफेन्डरः अविशेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिस श्रेष्ठ, सौभाग्य आचार्य, 
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु, मनि कुमार लामा, मनिष डाँगी, सुमित श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई
फरवार्डः जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सन्जिव विष्ट, आयुष घलान, आशिष बाबु चौधरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .