ad ad

खेल


टी२० विश्वकप : आईसीसीले घोषणा गर्‍यो १ करोड १२ लाख डलरको कीर्तिमानी पुरस्कार राशि

टी२० विश्वकप : आईसीसीले घोषणा गर्‍यो १ करोड १२ लाख डलरको कीर्तिमानी पुरस्कार राशि

नेपालखबर
जेठ २१, २०८१ सोमबार १९:१, काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले अमेरिका र वेस्ट इन्डिजमा जारी टी२० विश्वकपका लागि हालसम्मै धेरै पुरस्कार राशि घोषणा गरेको छ। 

आईसीसीले कीर्तिमानी १ करोड १२ लाख ५ सय अमेरिकी डलर (११.२५ मिलियन डलर)को पुरस्कार राशि घोषणा गरेको हो। यसअनुसार विजेताले कम्तीमा साढे २४ लाख अमेरिकी डलर हात पार्नेछ। 

जुन टी२० विश्वकप विजेताले पाउने इतिहासकै धेरै पुरस्कार रकम हो। ९ रंगशालामा २८ दिनसम्म चल्ने प्रतियोगितामा २० टोलीको सहभागिता छ।

प्रतियोगिताको दोस्रो हुने टोलीले कम्तीमा १२ लाख ८० हजार डलर पाउने आईसीसीले जनाएको छ।

सेमिफाइनलमा हार्ने टोलीले प्रत्येकले ७ लाख ८७ हजार ५ सय डलर लैजानेछन् भने आईसीसीले दोस्रो चरण पार नगर्ने टोलीहरु प्रत्येकलाई ३ लाख ८२ हजार ५ सय डलर दिने भएको छ।

त्यसैगरी नवौँ र बाह्रौं स्थानबीचमा रहने प्रत्येक टोलीले २ लाख ४७ हजार ५ सय अमेरिकी डलर पाउनेछन्।

१३ देखि २० वरीयतासम्मका टोली प्रत्येकले २ लाख २५ हजार डलर पाउनेछन् भने सेमिफाइनल र फाइनलमा बाहेक सबै टिमलाई हरेक जितमा आईसीसीले प्रतिटिम ३१ हजार१५४ अमेरिकी डलर थप दिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .