ad ad

खेल


एनभीए भलिबल : महिलातर्फ एपीएफ र एभरेष्ट क्लब, पुरुषतर्फ चार टिम विजयी (तस्बिर)

एनभीए भलिबल : महिलातर्फ एपीएफ र एभरेष्ट क्लब, पुरुषतर्फ चार टिम विजयी (तस्बिर)

तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ २१, २०८१ सोमबार २१:५३, काठमाडौँ

आठौं प्रधानमन्त्री कप एनभीए भलिबलको महिलातर्फ एपीएफ र एभरेष्ट भलिबल क्लबले जितलाई निरन्तरता दिएका छन्।

त्यस्तै पुरुषमा टिप टप हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबले सफलता हासिल गरेका छन्।

तेस्रो दिन सोमबार एपिएफले कर्णाली प्रदेशलाई २५–७,२५–७,२५–९ ले हरायो । एपिएफको यो लगातार तेस्रो जित हो। एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच चुनिइन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा च्याम्पियसिपमा दोस्रो जित निकाल्ने क्रममा एभरेष्टले आर्मीलाई २५–१५,२५–१९,२५–१९ ले पराजित गर्‍यो। आर्मीको यो लगातार तेस्रो हार हो। एभरेष्टकी केपी अनुश्री प्लेयर अफ दी म्याच घोषित भइन्।

पुरुषतर्फ पुलिसले बूढानीलकण्ठ भलिबल क्लबलाई २५–२०,२५–१९,२५–१८ ले पराजित गर्‍यो। पुलिसका कप्तान इम राना मगर प्लेयर अफ दी म्याच चुनिए।

अर्को खेलमा हेल्प नेपालले सुदूरपश्चिम प्रदेशलाई २५–१९,२५–२०,२५–२२ ले हरायो। हेल्प नेपालका अद्नान खान प्लेयर अफ दी म्याच घोषित भए।

अर्को खेलमा आर्मीले एपीएफलाई २५–२२,२५–२०, २५–२३ ले हरायो। आर्मीका इश्वर थापा प्लेयर अफ दी म्याच चुनिए। एपीएफ लगातार तेस्रो खेलमा पराजित भएको छ।

दिनको अन्तिम खेलमा गण्डकीले कोशी प्रदेशलाई २५–२१,२५–१९,२५–२० ले हरायो। गण्डकीका हिमाल सुनारी प्लेयर अफ दी म्याच घोषित भए।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा मंगलबार पुरुषतर्फ ४ र महिलातर्फ ३ गरि ७ खेल हुनेछन्। लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .