ad ad

खेल


टी२० विश्वकपमा श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका ६ विकेटले विजयी

टी२० विश्वकपमा श्रीलंकाविरुद्ध दक्षिण अफ्रिका ६ विकेटले विजयी

नेपालखबर
जेठ २१, २०८१ सोमबार २३:४५, काठमाडौँ

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजको सहआयोजनामा भइरहेको विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाले विजयी सुरुवात गरेको छ। 

ग्रुप डीको पहिलो खेलमा सोमबार राति दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ६ विकेटको जित निकालेको हो। 

अमेरिकी सहर न्युयोर्कमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले मात्र ७७ रन बनायो। उसका ३ खेलाडीले मात्र दोहोरो रन बटुल्न सके। कुशल मेन्डिसले १९, कामिन्दु मेन्डिसले ११ र एन्जेलो म्याथ्युजले १६ रन बनाउनेबाहेक अन्यले दोहोरो रन बटुल्न सकेनन्। चार खेलाडी नुवन थुसारा, मथिसा पाथिराना, सादिरा समरविक्रमा र वानिन्दु हसारांगाले १ रन पनि जोड्न नसक्दा श्रीलंका सस्तैमा समेटिन पुग्यो। 

दक्षिण अफ्रिकाका एनरिच नर्टजेले ४ ओभरको स्पेलमा ७ रन मात्र खर्चेर ४ विकेट हात पार्दा केशव महाराज र कागिसो रबाडाले समान २, अटनिल वर्तमानले १ विकेट हात पारे। 

७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले २०, हेनरिच क्लासेनले नटआउट १९, ट्रिस्टन स्टब्सले १३, एइडेन मर्क्रामले १२, डेभिड मिलरले ६ र रिजा हेन्ड्रिकले ४ रन बटुले। अतिरिक्त ६ रन उपहार पाएको दक्षिण अफ्रिकाले अन्ततः १६.२ ओभरमा ४ विकेट क्षतिमा ८० रन बनाउँदै महत्त्वपूर्ण २ अंक बटुल्यो। 

बलिङतर्फ श्रीलंकाका वानिन्दु हसारंगाले २ र नुवान थुसारा तथा दासुन शानाकाले समान १ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .