ad ad

खेल


आईसीसी टी–२० विश्वकप: युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने

आईसीसी टी–२० विश्वकप: युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ६:२४, काठमाडौँ

वेस्ट इण्डिज र अमेरिकामा जारी आईसीसी टी–२० विश्वकपमा युगान्डाविरुद्ध अफगानिस्तानले पहिले ब्याटिङ गर्ने भएको छ। 

गुयानाको प्रोभिडेन्स स्टेडियममा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि अफगानिस्ताले ब्याटिङ गर्ने भएको हो। 

समूह ‘सी’ मा रहेका यी दुई टोली विश्वकपमा विजयी सुरुवात गर्न गर्न चाहन्छन्। 

यसअघि भएको यो समूहको खेलमा आयोजक वेस्ट इण्डिजले पपुवा न्यु गिनीलाई हराउँदै समूहको शीर्ष स्थानमा छ। समूह ‘सी’ मा यी टोलीसँगै न्युजिल्यान्ड पनि रहेको छ। 

विश्वकपमा आज मंगलबार तीन खेल हुनेछन्। 

आजै समूह ‘बी’ को अर्को खेलमा इङ्ल्यान्ड र स्कटल्यान्ड खेल्नेछन्। सो खेल राति सवा ८ बजे सुरु हुनेछ। 

आजै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्यान्डस्सँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। सो खेल राति सवा ९ बजे सुरु हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .