ad ad

खेल


विश्वकप: युगान्डालाई अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

विश्वकप: युगान्डालाई अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ८:८, काठमाडौँ

ओपनरद्वय रहमुल्लाह गुरवाज र इब्राहिम जड्रानको विस्फोटक ब्याटिङमा आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले जितका लागि युगान्डासामु १ सय ८४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८३ रनको योगफल तयार पारेको हो। 

पहिलो विकेटका लागि रहमुल्लाह र इब्राहिमले १ सय ५४ रनको उत्कृष्ट साझेदारी गरेपछि अफगानिस्तानले विशाल योगफल तयार पारेको हो। 

रहमुल्लाह ७६ र इब्राहिमले ७० रन बनाए। रहमुल्लाहले ४५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दा अल्पेश रमजानीको बलमा क्याच आउट भए। 

 गरे। इब्राहिमले ४६ बलमा ९ चौका र १ छक्का हान्दा ब्रियन मासाबाको बलमा बोल्ड आउट भए। 

अफगानिस्ताका मध्यक्रमका ब्याटर भने लामो समय क्रिजमा टिक्न सकेनन्। मोहम्मद नावी १४ र कप्तान रासिद खान २ रनमा नटआउट रहे। 

युगान्डाका लागि कोसमस क्युवटा र ब्रियन मासाबाले समान २ विकेट लिए। अल्पेसको नाममा एक विकेट रह्यो। 

समूह सीमा रहेका यी दुई टोली विश्वकपमा जित सुरुवात गर्न गर्न चाहन्छन्।

यसअघि भएको यो समूहको खेलमा आयोजक वेस्ट इन्डिज पपुवा न्यु गिनीलाई हराउँदै समूहको शीर्ष स्थानमा छ।

यी टोलीसँगै न्युजिल्यान्ड पनि समूह सीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .