ad ad

खेल


टी २० विश्वकप : नेपाल र नेदरल्यान्ड्सको खेल सुरु

टी २० विश्वकप : नेपाल र नेदरल्यान्ड्सको खेल सुरु

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २१:५३, काठमाडौँ

टी २० विश्वकप अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुरु भएको छ। 

अमेरिकाको टेक्सासस्थित डालास स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङ सुरु गरेको हो। खेलमा नेपालले टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको थियो।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो। 

क्रिजमा ओपनर कुशल भुर्तेल र आशिफ शेख छन्। पहिलो ओभरमा नेपालले ५ रन बटुलेको छ। 

वर्षाका कारण मैदान ओसिलो भएपछि टसमा केहीबेर ढिला भएको थियो। 

सन् २०१४ पछि टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा छ। 

एसोसियट क्रिकेटमा चिरपरिचित नेपाल र नेदरल्यान्ड्स दुवै विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छन्। एसोसियट क्रिकेटको नम्बर १ टोली नेदरल्यान्ड्स नेपालमाथि हावी हुन चाहन्छ। 

यद्यपि युवा खेलाडीले नेपाली टोली उत्साहित छ। विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिज र अमेरिकामा अभ्यास खेलेको थियो।

यसपछि दोस्रो खेल नेपालले जुन ११ मा श्रीलंकाविरुद्ध खेल्नेछ।

उक्त दुई खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिज जानेछ। 

त्यहाँको सेन्ट भिन्सेन्ट रंगशालामा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशविरुद्ध खेल्नेछ।

सुरुवाती प्लेइङ ११ः कुशल भुर्तेल, आसिफ शेख, अनिल साह,रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन, झा, सोमपाल कामी, करण केसी,अविनाश बोहरा र सागर ढकाल।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .