ad ad

खेल


१ रनमै पेभेलियन फर्किए दीपेन्द्र सिंह ऐरी, नेपाली टोली संकटमा

१ रनमै पेभेलियन फर्किए दीपेन्द्र सिंह ऐरी, नेपाली टोली संकटमा

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २२:४९, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्‌विरुद्ध अलराउण्डर दिपेन्द्र सिंह ऐरि पनि पेभेलियन फर्केका छन्। दिपेन्द्र मात्र १ रन बनाएर आउट भए। 

दीपेन्द्रलाई गुमाएसँगै नेपाली टोली संकटमा आएको छ। 

अहिले क्रिजमा सोमपाल कामी आएका छन्। नेपालबाट लगातार दोस्रो पटक विश्वकप खेल्ने सोमपाल एक्ला खेलाडी हुन्। 

एसोसियट क्रिकेटको बादशाह नेदरल्यान्डस्विरुद्ध नेपालका शीर्ष क्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्। 

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले  ११ ओभरको खेल जारी रहँदा ५ विकेट गुमाउँदा ५३ रन बनाएर खेलिरहेको छ।

क्रिजमा कप्तान रोहित पौडेल १५ रनमा नटआउट छन्। 

कुशल मल्ल ९ रनमा क्याच आउट भए। अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए। अनिलले १२ बलमा २ चौका प्रहार गरेका थिए। 

नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए। 

अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .