ad ad

खेल


टी २० विश्वकप : कप्तान रोहित पनि आउट, धरापमा नेपाली ब्याटिङ

टी २० विश्वकप : कप्तान रोहित पनि आउट, धरापमा नेपाली ब्याटिङ

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८१ मंगलबार २३:६, काठमाडौँ

आईसीसी टी२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्‌विरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल पनि पेभेलियन फर्केका छन्।

१६ औँ ओभरको अन्तिम बलमा कप्तान रोहित क्याच आउट भए। ३७ बलमा ५ चौका हानेका कप्तान रोहित ३५ रनमा पेभेलियन फर्के।

नेपालका लागि रोहितले बनाएको रन नै सर्वाधिक हो। 

चौथो ओभरको पाँचौ बलमा कप्तान रोहित पौडेललाई अम्पाएरले आउट देखाएपनि थर्ड अम्पाएरको सहयोगमा उनले जिवनदान पाएका थिए।

क्रिजमा गुल्सन झा ११ र करण केसी ६ रनमा नटआउट छन्। नेपालले १७ ओभरको खेल जारी रहँदा ७ विकेट गुमाएर ९१ रन बनाएर खेलिरहेको छ।

डच टोलीविरुद्ध नेपालको ब्याटिङ लाइन चल्न नसक्दा नेपालले गतिलो प्रदर्शन गर्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .