आईसीसी टी२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार विकेट गुमाउँदा नेपालको ब्याटिङ धरापमा परेको छ।
१० वर्षपछि विश्वकपमा फर्किएको नेपालले ७ विकेट गुमाइसकेको छ।
एसोसियट क्रिकेटको बादशाह नेदरल्यान्डस्विरुद्ध नेपालका शीर्ष क्रमका ब्याटर लामो समय क्रिजमा टिक्न सकेनन्।
जसका कारण खेल हेर्न पुगेका समर्थक निराश भएका छन्। अमेरिकाको टेक्सासस्थित डालास स्टेडियममा जारी खेलमा नेपालका समर्थकहरूको बाक्लो उपस्थिति छ।
लगभग १५ हजार समर्थक स्टेडियममै पुगेकाे अनुमान छ।
उच्च समर्थनकाबीच डच टोलीविरुद्ध नेपालको ब्याटिङ लाइन चल्न नसक्दा नेपालले गतिलो प्रदर्शन गर्न सकेको छैन।
लगातार विकेट गुमाएसँगै नेपाली राष्ट्रिय क्रिकेट टोली केही दबाबमा देखिएको छ।
54
Shares
प्रतिक्रिया