नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्डस्सामु १ सय ७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४ बल अगावै १ सय ४ रन बनाउँदा अलआउट भयो।
नेपालका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै नेपालका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा ५ चौका प्रहार गरे।
आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए।
अर्का ओपनर कुशल भुर्तेल चौथो ओभरको पहिलो बलमा ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे।
कुशल मल्ल ९ रनमा क्याच आउट भए। अनिल शाह ११ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भान विकको हातबाट क्याच आउट भए। अनिलले १२ बलमा २ चौका प्रहार गरेका थिए।
तेस्रो नम्बरमा ब्याटिङमा आएका अनिल शाह ११ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए।
लामो सट खेल्ने धुनमा रहँदा नेपालका ६ ब्याटर क्याच आउट हुन पुगे।
कुशल मल्ल ९, दिपेन्द्र सिंह ऐरि १ र सोमपाल कामी शुन्य रनमा नै पेभेलियन फर्के।
Shares
प्रतिक्रिया