आईसीसी टी २० विश्वकपमा नेदरल्यान्डस्विरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ।
सोमपालले १४ औँ ओभरको पहिलो बलमा नै सेब्रड एंगेलब्रेचलाई रन आउट गराए। १६ बलमा १ चौका हानेका सेब्रट भिडियो अम्पाएरको सहायतामा रन आउट भए।
त्यसअघि दिपेन्द्रले ८.२ ओभरमा ओपनर विक्रमजित सिंहलाई २२ रनमा बनाउँदा एलबीडब्लु धरापमा पार्दै पेभेलियनको बाटो देखाए।
दोस्रो विकेटका रुपमा म्याक्स ओ डाउड र विक्रमजितले ४१ रनको साझेदारी गरे।
त्यसअघि ओपनर माइकल लेविट दोस्रो ओभरको दोस्रो बलमा नै क्याच आउट भए। नेपालका तिव्र गतिका बलर सोमपाल कामीले माइकललाई १ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको हातबाट क्याच आउट गराए।
93
Shares
प्रतिक्रिया