ad ad

खेल


एपीएफ क्लब, सुदूरपश्चिम, कोशी प्रदेश र बूढानीलकण्ठ शीर्ष ४ बाट बाहिरिए

एपीएफ क्लब, सुदूरपश्चिम, कोशी प्रदेश र बूढानीलकण्ठ शीर्ष ४ बाट बाहिरिए

फाइल फोटो


नेपालखबर
जेठ २४, २०८१ बिहिबार २२:१३, काठमाडौँ

नेपाल एपीएफ क्लब, सुदूरपश्चिम, कोशी प्रदेश र बूढानीलकण्ठ काठमाडौँमा जारी आठौँ प्रधानमन्त्री कप महिला पुरुष भलिबल लिगको पुरुषतर्फको शीर्ष चार दौडबाट बाहिरिएका छन्।

बिहीबार त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा पराजित गर्दै गण्डकी प्रदेशले शीर्ष स्थानमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। गण्डकीले आर्मीलाई २५–१७, २६–२४, २५–२० र २५–२१ को जित निकाल्यो।

लिगमा अपराजित रहेको गण्डकीले ६ खेलबाट १७ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको टिपटप हेल्प नेपालको १६ अंक छ। लिग चरणका हेल्प नेपाल गण्डकी प्रदेशसँग मात्र पराजित भएको छ।

आजै भएको खेलमा हेल्प नेपालले पुलिस क्लबमाथि सोझो सेटमा जित निकाल्यो। हेल्प नेपालले पुलिस क्लबलाई २५–२१, २६–२२, २५–२० को सोझो जित निकालेको हो।  

पुरुषतर्फ नै एपीएफले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गरेको थियो। एपीएफले कोशीलाई २२–२५, २५–१२, २५–२४ र २५–१९ को जित निकाल्यो।

बिहीबारको अन्तिम खेलमा सुदूरपश्चिमले बुढानिलकन्ठलाई सोझो सेटमा पाखा लगायो। सुदूरपश्चिमले बूढानीलकण्ठलाई २५–१९, २५–१८ र २५–१८ को सहज जित निकाल्यो।

अंक तालिकामा ६ खेलबाट १४ अंक भएको पुलिस क्लब तेस्रो स्थानमा छ। समान खेलबाट १२ अंक भएको त्रिभुवन आर्मी क्लब चौथो स्थानमा छ।

एपीएफ पाचौँ, सुदूरपश्चिम छैटौ, कोशी सातौँ र बूढानीलकण्ठ अंक तालिकाको पुछारमा छ। बुढानिलकन्ठले लिगका ६ खेलमा हार भोगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .