त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै टिपटप हेल्प नेपाल काठमाडौमा जारी आठौँ पीएम कप महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फको फाइनलमा पुगेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा आर्मीलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो। हेल्प नेपालले आर्मीलाई २५–१७, २५–१५ र २५–२१ ले पाखा लगायो।
लिग चरणमा हेल्प नेपाल गण्डकी प्रदेशसँग मात्र पराजित भएको थियो। आजै हुने गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ।
आजै भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिमलाई सोझो सेटमा हराएको हो। एपीएफले पुलिसले २५–१६,२५–२१ र २५–२२ ले पराजित भयो। पुरुषतर्फको पहिलो खेलमा बूढानीलकन्ठले कोशी प्रदेशलाई ३–२ को सेटमा पराजित गर्यो। २५–२३, १२–२५, २५–१२, १८–२५ र १४–१६ ले हरायो।
महिलातर्फको एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्नेछन्।
Shares
प्रतिक्रिया