ad ad

खेल


सरफराज अहमदले गरेको गिल्लामा बाबर आजमले दिएको जवाफ

सरफराज अहमदले गरेको गिल्लामा बाबर आजमले दिएको जवाफ

नेपालखबर
असोज ४, २०८१ शुक्रबार १०:५६, काठमाडौँ

पछिल्ला केही दिनदेखि आफ्नो प्रदर्शनका कारण आलोचकको निशानामा रहेका पाकिस्तानी क्रिकेटर बाबर आजमको व्यवहारले फ्यानहरूको मन जितेको छ।

पाकिस्तानको फैसलाबादमा भएको घरेलु खेलमा बाबर आजम क्रिजमा थिए र विपक्षी टोलीका विकेटकिपर सरफराज अहमदले उनलाई गाली गरिरहेका थिए।

डल्फिनका लागि विकेट किपिङ गरिरहेका सरफराजले बाबरलाई दबाब दिने प्रयासमा धेरै गिल्ला गरे। तर बाबरले संयम गुमाएनन् र शतक लगाएर जवाफ दिए।

यो खेल फैसलाबादमा स्टेलियन्स र डल्फिनबीच भइरहेको थियो।

बाबर स्टालियन्सका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएपछि सरफराजले उनलाई गिल्ला गरे।

सरफराजले स्टम्प माइक्रोफोनमा यसो भनेको सुनियो, ‘हतार छैन, हतार छैन। यी मानिसहरूलाई बाबर बाबर गरिरहन भन्नुहोस्। हामी बाबरलाई ४० ओभर खुवाउनेछौँ र बाँकी सबै आउट हुनेछन्।’

यस खेलमा बाबरले १०० बलमा ७ चौका र ३ छक्कासहित १०४ रन बनाए। स्टालियन्सले निर्धारित ५० ओभरमा २७१ रन बनायो।

जहाँ डल्फिनको पूरै टोली २५ ओभरमा ९७ रनमा सीमित भयो भने सरफराजले यो खेलमा ५ रन मात्रै बनाउन सके।

पाकिस्तानको क्रिकेट टोली लामो समयदेखि राम्रो प्रदर्शन गर्न असफल भइरहेको छ र यसको मुख्य कारण टोलीको आन्तरिक कलह रहेको बताइएको छ।

सेप्टेम्बर ३ मा घरेलु मैदानमा बंगलादेशसँगको टेस्ट सिरिज गुमाएपछि क्रिकेटप्रेमी र विज्ञले पाकिस्तान क्रिकेट टोलीको अवस्थालाई ‘कालो दिन’ भनेका छन्।

वास्तवमा बाबर आजम केही समयदेखि आफ्नो फर्ममा देखिएका छैनन् र जसका कारण उनी आलोचकको निशानामा परेका छन्।

तर यो खेलमा उनको प्रदर्शनले उनको फर्ममा फर्किने संकेत रहेको विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .