ad ad

खेल


साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

नेपालखबर
जेठ २६, २०८१ शनिबार १६:५६, काठमाडौँ

घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिपमा नेपाल सहज समूहमा परेको छ। शनिबार भएको समूह विभाजनमा नेपाल  समूह ‘बी’ मा परेको हो। यो समूहमा नेपालसँगै श्रीलंका, मालदिभ्स र भुटान रहेका छन्। 

समुह ‘ए’ मा साविक विजेता बगंलादेशसँगै भारत र पाकिस्तान छन्। साफ च्याम्पियनसिपमा दक्षिण एसिया बाहिरको अर्को एक टोलीले सहभागिता जनाउने भनिए पनि अर्को टोलीको टुंगो लाग्न भने बाँकी छ। सो टोली समूह ‘ए’ मा रहनेछ। 

साफ अच्याम्पियनसिप आगामी कार्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ। साफको यो संस्करणमा ७ टोलीले सहभागिता जनाउनेछन्। अघिल्लो संस्करण नेपाल बंगलादेशसँग ३–१ पराजित हुँदै उपविजेतामा नै सिमित भएको थियो। साफअघि नेपालले लेबनानमा चार देश सम्मिलित नेसन्स कप खेल्नेछ। 

फोर नेसन्स कपमा नेपाल, आयोजक लेबनान, जोर्डन र बंगलादेश भिड्नेछन्। फोर नेसन्स कप असार २४ देखि साउन १ गतेसम्म हुनेछ। त्यसका लागि अहिले नेपाली महिला टोली बन्द प्रशिक्षणमा व्यस्त छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .