ad ad

खेल


वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल पुनः सुरु

वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल पुनः सुरु

नेपालखबर
जेठ २७, २०८१ आइतबार २१:५५, काठमाडौँ

आईसीसी टी २० विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध भारतले पहिलो विकेट गुमाएको छ।

१ ओभरको खेल सकिँदा वर्षाका कारण रोकिएको खेल पुनः सुरु भएपछि भारतले एक विकेट गुमाएको छ।

भारतले दोस्रो ओभरको तेस्रो बलमा नै विराट कोहलीलाई गुमाएको हो। विराट ४ रन बनाउँदा नसिम शाहको बलमा उस्मान खानको हातबाट क्याच आउट भए।

क्रिजमा रोहित शर्मा र ऋषभ पन्त छन्।

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले २ ओभरमा १ विकेट गुमाएर १९ रन बनाएर खेलिरहेको छ।

समूह ए मा रहेको भारत लगातार दोस्रो जितको खोजीमा छ। पाकिस्तानलाई भने सुपर ८ पुग्न जित्ने पर्ने दबाबमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .