ad ad

खेल


श्रीलंकाविरुद्ध नेपाल : टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने अवसर (प्रिभ्यु)

श्रीलंकाविरुद्ध नेपाल : टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने अवसर (प्रिभ्यु)

नेपाली र श्रीलंकन क्रिकेट टोली। तस्बिर : आईसीसी


नेपालखबर
जेठ २९, २०८१ मंगलबार १९:५१, काठमाडौँ

आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार बिहान टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध खेल्दै छ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा हुने खेल बुधबार बिहान सवा ५ बजे सुरु हुनेछ।

सिनियर क्रिकेटमा नेपाल र श्रीलंका पहिलो पटक भिड्न लागेका हुन्। त्यसैले यी दुई टोली एक अर्काको कमजोरी र सबल पक्षबारे अनविज्ञ छन्।

तर उमेर समूहमा भने यी दुई टोलीबीच भेट भइसकेको छ। सन् २०१६ मा भएको यू–१९ एसिया कपमा यी टोली भेट भएका थिए। त्यो बेलाको टोलीबाट अहिले दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कमल सिंह ऐरी र सन्दीप लामिछानेले खेलेका थिए। जुन खेलमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको थियो।

श्रीलंकासँगको खेलअघि नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले श्रीलंकाविरुद्धको खेल आफूहरूका लागि टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने अवसरको रुपमा रहेको बताएका छन्।

नेपाली क्रिकेट टोली। तस्बिर : आईसीसी

जारी विश्वकपमा अन्य एसोसियट राष्ट्रले ल्याएको नतिजाले पनि आफूहरूको मनोबल उच्च भएकाले जित निकाल्न सकिने उनको विश्वास छ।

श्रीलंकाविरुद्ध नेपालका कुशल भुर्तेल र आशिफ शेखले नै ओपनिङ गर्ने बताए पनि मैदानको अवस्थाअनुसार टोली छनोट हुने उनले बताएका छन्। 

उनले भने, ‘भोलि पनि वर्षाको सम्भावना छ। अब खेल हुँदा मैदानको अवस्थाले नै टोली छनोटमा निर्णय लिनेछौँ। हाललाई भने हामीले ओपनरमा विश्वास कायम राख्ने नै सोच बनाएका छौँ।’ 

विश्वकपअघि नेपालले फ्लोरिडामा एक अभ्यास खेल खेलेको थियो। 

विश्वकपको समूह ‘डी’मा रहेका पाँचै टोलीको सुपर ८ मा पुग्ने सम्भावना खुला छ। विश्वकपमा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। श्रीलंका भने तेस्रो खेल खेल्दै छ। 

यो समूहमा तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका ६ अंकमा अंकतालिकाको शीर्ष स्थानमा छ। 

एक खेलमा जित र एक खेलमा हार भोगेको बंगलादेश २ अंकमा दोस्रो र समान खेल र नतिजाबाट नेदरल्यान्ड्स तेस्रो स्थानमा छ। एक खेलमा हार भोगेको नेपाल चौथो र दुई खेलमा पराजित श्रीलंका अंक तालिकाको पुछारमा छ। 

श्रीलंकाको टोली। तस्बिर : आईसीसी

नेपाल पहिलो खेल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। 

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हार व्यहोरेको थियो। 

नेपाल आजको खेलमा श्रीलंकालाई पराजित गर्दै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। यता श्रीलंका पनि नेपाललाई हराउँदै सुपर ८ सम्भावना जीवित राख्ने योजनामा हुनेछ। नेपालसँग पराजित भए श्रीलंका विश्वकपको सुपर ८ को दौडबाट बाहिरिनेछ। 

नेपाल
रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल कुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमल सिंह ऐरी, सन्दीप लामिछाने

वैकल्पिक खेलाडीः प्रतिस जिसी 

श्रीलंका
वानिन्दु हसरंगा (कप्तान), चरित असालान्का, कुसल मेन्डिस, पथुम निसान्का, कामिन्दु मेन्डिस, सदीरा समराविक्रमा, एन्जेलो म्याथ्युज, दासुन शानाका, धनंजया डी सिल्भा, महेश थेक्साना, दुनिथ वेलालेज, नुस्मान्थे चमेरा, नुस्मान्थेरा, नुसन्थेरा, नुस्नान थिसाना मधुशंका 

वैकल्पिक खेलाडीः असिथा फर्नान्डो, विजयकान्त व्यास्कान्त, भानुका राजपक्षे, जनिथ लियानागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .