ad ad

खेल


अवहेलना मुद्दामा राखेपका घिसिङलाई बोलायो अदालतले

अवहेलना मुद्दामा राखेपका घिसिङलाई बोलायो अदालतले

नेपालखबर
जेठ २९, २०८१ मंगलबार २१:१२, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई अदालतको अवहेलना मुद्दामा बोलावट भएको छ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी वज्राचार्य र विदुर कोइरालाको इजलासले तेक्वान्दो संघको विवादमा अदालतले गरेको फैसलाविपरीत निर्णय गरेकोमा किन कारबाही नगर्ने भन्दै घिसिङसँग ७ दिनभित्र जवाफ माग गरेको हो।

पहिले नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ अस्तित्वसमा थिए। राखेपले यी दुवैलाई गाभेर राष्ट्रिय तेक्वान्दो महासंघ बनाउने निर्णय गरेको थियो।

तर प्रकाशशमशेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले आफू नै आधिकारिक दाबी गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेको थियो।

२०७९ चैत २२ गते अदालतले नेपाल तेक्वान्दो संघलाई नै आधिकारिकता प्रदान गर्दै फैसला गर्‍यो। इजलासले उक्त फैसला भएको मिसिल पनि साथै राखी पेस गर्न अदालत प्रशासनलाई आदेश गरेको छ।

अदालतले नेपाल तेक्वान्दो संघलाई आधिकारिकता दिइसकेपछि राखेप सदस्य सचिव घिसिङले राष्ट्रिय तेक्वान्दो संघ तदर्थ समिति घोषणा गरेका थिए।

अदालतले आफूलाई नै आधिकारिकता प्रदान गर्दा पनि राखेपले अदालतको आदेशविपरीत तदर्थ समिति बनाएर अदालतको अवहेलना गरेको भन्दै भानबहादुर चन्दले घिसिङमाथि कारबाही गर्न माग गर्दै निवेदन दायर गरेका थिए।

सोही मुद्दामा मंगलबार अदालतले घिसिङलाई किन कारबाही नगर्ने भन्दै सोधेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .