ad ad

खेल


वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

नेपालखबर
जेठ ३०, २०८१ बुधबार ६:२१, काठमाडौँ

वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ। 

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीच आज बिहान खेल हुने तयारी थियो।

तर, लगातार पानी परेपछि खेल रद्द गरिएको हो।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रगंशालामा खेल हुने तयारी भइरहँदा लगातार वर्षा भएकाे थियाे। पानी पर्न नराेकिएपछि टससमेत नभइ खेल रद्द भएको हो। 

केहीबेर पानी रोकिँदा ग्राउण्ड स्टाफले मैदानको पानी सोस्ने काम गरेका थिए। तर पनि पुनः वर्षा भएपछि टससमेत नभइ खेल रद्द भएकाे हाे। 

खेल रद्द भएसँगै नेपाल र श्रीलंकाले एक-एक अंक बाँडेका छन्। 

अंक बाँडेसँगै नेपाल २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ। तीन खेलबाट १ अंक बनाएको श्रीलंका अंक तालिकाको पुछारमा छ। 

पहिलो खेलमा नेपाल नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो। 

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकाले दोस्रो खेलमा बंगलादेशसँग २ विकेटको हार व्यहोरेको थियो।

नेपालसँग अंक बाँडेसँगै श्रीलंका भने सुपर ८ को दौडबाट बाहिरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .