ad ad

खेल


तेस्रो जितसँगै भारत सुपर ८ मा, अमेरिकाको पहिलो हार

तेस्रो जितसँगै भारत सुपर ८ मा, अमेरिकाको पहिलो हार

जितपछि भारतीय खेलाडी। तस्बिर : आईसीसी


नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ०:३३, काठमाडौँ

सहआयोजक राष्ट्र अमेरिकाले जारी आईसीसी टी२० विश्वकपमा पहिलो हार व्यहोरेको छ। 

यसअघि लगातार दुई जित निकालेको अमेरिका भारतसँग पराजित भएको हो। 

टस हारेर पहिले पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेट नोक्सानीमा ११० रन मात्र जोड्न सक्यो। १११ रनको लक्ष्य पछ्याएको भारतले ३ विकेट गुमाएर १८.२ ओभरमा जित निकालेको हो। 

अमेरिकाका ओपनर सायन जहनगिर गोल्डेन डकआउट भए पनि स्टिभन टेलरले सर्वाधिक २४ रनको पारी खेले। त्यसपछि एन्ड्रिज गाउस २, आरन जोन्स ११, नितिश कुमार २७, कोरी एन्डरसन १५, हरमित सिंह १० रनमा आउट भए। 

शाडली भान स्काकविक नटआउट रहँदै ११ रन जोड्न सफल हुँदा २ रन जोडेका जसदीप सिंह रन आउट हुनपुगे। भारतले ८ रन अतिरिक्त उपहार दिएको थियो। 

यता बलिङतर्फ अर्शदीप सिंहले ९ रन मात्र खर्चिएर ४ ओभरमा ४ विकेट झारे। महम्मद सिराज, जसप्रित बुमराह र शिवम् दुवे विकेटविहीन हुँदा हार्दिक पाण्ड्याको नाममा २ विकेट रह्यो भने अक्षर पटेलले १ विकेट झारे। 

यता कसिलो फिल्डिङ गरेको अमेरिकालाई पन्छाउन भारतलाई पनि सहज भएन। कप्तान रोहित शर्मा ६ बलमा ३ रनमात्र  जोडेर आउट हुँदा विराट कोहली नेत्रावल्करको बलमा गाउसबाट क्याचआउट भए। उनी पहिलो बलमै गोल्डेन डकआउट हुनपुगेका थिए। ऋषभ पन्तले २० बलमा १८ रन बनाउँदा नटआउट सूर्यकुमारले अर्धशतकीय पारी र शिवम् दुवैले नटआउट रहँदै ३१ रनको योगदान गरे। जुन भारतलाई लक्ष्य भेट्टाउन सहज हुनपुग्यो। अमेरिकाले कुल ९ रन अतिरिक्त उपहार दिएको थियो। 

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावल्करले २ विकेट र अलि खानले १ विकेट लिए। अन्य तीन बलरले भारतको विकेट झार्न सकेनन्। 

सुपर ८ मा पुग्यो भारत, आयरल्यान्डलाई हराए अमेरिका पनि पुग्ने
ग्रुप एमा बलियो प्रदर्शन गरिरहेको अमेरिकाविरुद्धको जितसँगै भारत सुपर ८ मा पुग्न सफल भएको छ। 

३ खेलमा ३ वटै जितसहित भारत ६ अंक बटुल्न सफल भएको छ भने अमेरिकाले ३ खेलमा २ वटा जितमार्फत ४ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो र चौथो स्थानमा रहेका पाकिस्तान र क्यानडाको समान २ अंक भए पनि पाकिस्तानको रनरेट बढी छ।

जितविहीन आयरल्यान्ड भने दुवै खेल हार्दै शून्य अंकसहित ग्रुप एको पुछारमा छ। आयरल्यान्डले २ खेल खेल्न बाँकी हुँदा बाँकी टोलीले समान १ खेल खेल्न बाँकी छ।

शुक्रबार आयरल्यान्डविरुद्ध जित निकाले अमेरिका पनि सुपर ८ मा पुग्नेछ। यसले पाकिस्तान र क्यानडा दुवैको सुपर ८ पुग्ने सपनामा धक्का लाग्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .