आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई लगातार तेस्रो सफलता मिलेको छ।
सोमपाल कामीले पाचौँ ओभरको तेस्रो बलमा लिटोन दासलाई १० रन बनाउँदा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउ गराउँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन्।
सोमपाल कामीले इनिङ्सको पहिलो बलमा नै विकेट लिदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए।
दीपेन्द्रले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई ४ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाए।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको बंगलादेशले पाँचौ ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर २१ रन बनाएर खेलिरहेको छ।
Shares
प्रतिक्रिया