आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध पावर प्ले मा नेपालले खराब प्रर्दशन गरेको छ।
बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ६ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा २४ रन बनाएर खेलिरहेको छ।
बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा भने सम्हालिन सकेको छैन।
छैटौँ ओभरको चौथो बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमायो। १४ बलमा ४ चौका मद्दतमा १७ रन बनाएका ओपनर आशिफ मुस्ताफिजुर रहमानको बलमा सकिब अल हसनको हातबाट क्याच आउट भए।
पाचौँ ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १ रन बनाउँदा क्याच आउट भए।
नेपालले तेस्रो ओभरमा लगातार दुई विकेट गुमाएको थियो। तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल शाहलाई गुमाएको हो।
बंगालदेशका लागि तान्जिम हसन सकिबले तीन विकेट लिए। मुस्ताफिजुर रहमानले एक् विकेट लिए।
त्यसअघि वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको बंगलादेश ३ बल अगावै १ सय ६ रन बनाउँदा अलआउट भयो।
Shares
प्रतिक्रिया