ad ad

खेल


युरोकपमा आज ३ खेल, कुन कुन टोली भिड्दै छन्?

युरोकपमा आज ३ खेल, कुन कुन टोली भिड्दै छन्?

नेपालखबर
असार ३, २०८१ सोमबार १४:५४, काठमाडौँ

जर्मनीमा जारी युरोकपमा आज ३ खेल हुँदै छन्। 

नेपाली समयअनुसार रोमानिया र युक्रेनले पौने ७ बजे खेल्दा बेल्जियम र स्लोभाकियाको खेल राति पौने १० बजे हुनेछ। त्यस्तै अस्ट्रिया र फ्रान्सबीच राति पौने १ बजे खेल हुनेछ। 

यसअघि गएराति भएको खेलमा पोल्यान्डविरुद्ध नेदरल्यान्ड्सले २–१ को जित निकालेको थियो। त्यसैगरी स्लोभेनिया र डेनमार्कले १–१ को बराबरी खेल्दा इंग्ल्यान्डले सर्बियाविरुद्ध १–० को जित निकाल्यो। 

गत शनिबारदेखि युरोकप सुरु भएको हो। आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई ५–१ को जित निकालेको थियो। त्यसयता हंगेरीविरुद्ध स्विट्जरल्यान्ड ३–१ ले विजयी भएको थियो भने स्पेनले क्रोएसियालाई ३–० ले हराएको थियो। यता इटालीले पनि पहिलो खेलमा अल्बानियाविरुद्ध २–१ को जित निकालेको थियो। 

६ ग्रुप २४ टोली 
जारी युरोकपमा ६ वटा ग्रुप छ भने २४ युरोपेली टोली प्रतिस्पर्धामा छन्। 

ग्रुप ए 
जर्मनी, स्विट्जरल्यान्ड, हंगेरी, स्कटल्यान्ड 

ग्रुप बी 
स्पेन, इटली, अल्बानिया, क्रोएसिया 

ग्रुप सी 
इंग्ल्यान्ड, डेनमार्क, स्लोभेनिया, सर्बिया 

ग्रुप डी 
नेदरल्यान्ड्स, अस्ट्रिया, फ्रान्स, पोल्यान्ड

ग्रुप ई 
बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन

ग्रुप एफ 
टर्की, जर्जिया, पोर्चुगल, चेक रिपब्लिक  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .