नेपाली तेक्वान्दो टोली सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुधबार भारतको गोवा प्रस्थान गरेको छ। मे २१ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय टोली भारत प्रस्थान गरेको हो।
पुरुष सिनियतर्फ रन्जित डंगौरा, ६ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले प्रतिस्पर्धा गर्ने छन्। पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का, ३२ केजीमुनि रघुनाथ भण्डारी र २९ केजीमुनि आभास डिओले खेल्ने छन्। सब जुनियरमा सहभागी हुने तीनै खेलाडीले एकल पुम्सेमा पनि कौशल प्रदर्शन गर्ने छन्।
क्याडेट महिलाको ३३ केजीमुनि र एकल पुम्सेमा सुसन्ध्या खड्काले सहभागिता जनाउने छिन्। प्रशिक्षकमा दीपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन्।
3
Shares
प्रतिक्रिया