ad ad

खेल


विश्वकपबाट फर्किएपछि रोहितले भने– ब्याटिङमा केही चुक्यौँ, पिच चुनौतीपूर्ण बन्यो

विश्वकपबाट फर्किएपछि रोहितले भने– ब्याटिङमा केही चुक्यौँ, पिच चुनौतीपूर्ण बन्यो

तस्बिर : सरोज नेपाल


नेपालखबर
असार ६, २०८१ बिहिबार १५:८, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ लागि पिच असहज भएको अनुभव सेयर गरेका छन्। 

आईसीसी टी–२० विश्वकपमा सहभागी भएर बिहीबार नेपाल फर्किएसँगै आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले पिच नै ब्याटिङका लागि च्यालेन्जिङ रहेको बताए। 

‘पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो। हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, उनले भने। 

उनले ओभरल टुर्नामेन्ट हेर्दा राम्रो प्रदर्शन गरेको जस्तो लागेको बताए। 

उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ब्याटिङमा कमजोरी भएको उनले स्वीकारे। 

‘मलाई लाग्छ, ब्याटिङमा राम्रो हुनुपर्थ्यो, केही कमजोरी ब्याटिङमा भएको हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .