ad ad

खेल


बंगलादेशविरुद्धको खेलमा ब्याटर जिम्मेवार भएको भए नतिजा अर्कै हुन्थ्यो : कप्तान पौडेल

बंगलादेशविरुद्धको खेलमा ब्याटर जिम्मेवार भएको भए नतिजा अर्कै हुन्थ्यो : कप्तान पौडेल

तस्बिर : सरोज नेपाल


नेपालखबर
असार ६, २०८१ बिहिबार १५:२४, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले शीर्ष क्रमका ब्याटर जिम्मेवार नहुँदा बंगलादेशविरुद्ध जित निकाल्न नसकेको बताए।

अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी–२० विश्वकप खेलेर बिहिबार स्वादेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा टोलीका कप्तान पौडेलले नेपालका बलरले राम्रो प्रदर्शन गरेपछि ब्याटरहरू जिम्मेवार नबन्दा हार भोग्नु परेको बताएका हुन्। 

उनले भने, ‘हामी पहिलो खेलबाट नै कन्फिडेन्स थियौँ तर त्यो कन्डिसनको कारण ब्याटरलाई चुनौती थियो।’

ओपनिङमा सबैका लागि बाटो खुला भएपनि जसले राम्रो गर्छ उसले नै मौका पाउने भएकाले लामो समयदेखि कुशल भुर्तेल र आशिफ शेखको प्रदर्शन राम्रो भएकाले निरन्तरता दिएको उनको भनाई थियो।

ओपनिङ लाइनअप परिवर्तन गर्दा प्रदर्शनमा असर पर्ने भएकाले राम्रो खेलाडीका लागि भने सधैँ बाटो खुला रहेको कप्तान पौडेलले बताए।

जारी विश्वकपमा सबै टोलीलाई ब्याटिङमा चुनौती रहेकाले कन्डिसन अनुसार राम्रो गरिरहेको उनले बताए। साथै, आफूहरूले ब्याटिङमा सुधार गरिरहेको रोहितले बताए।

समूह चरणको तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित हुँदा टोली नै निराश भएको उनले सुनाए। श्रीलंकाविरुद्ध जितको आशा भएपनि वर्षाका कारण खेल हुन नसक्दा नेपाललाई घाटा भएको  सुनाएका छन्। 

बंगलादेशविरुद्ध शीर्ष क्रमका ब्याटर छिटो आउट हुनु एक कारण रहेको उनले बताए। ‘ब्याटरले अलिक जिम्मेवारी लिएको भए नतिजा अर्कै हुन सक्थ्यो,’ उनले भने।

पछिल्लो डेढ वर्षदेखि आफूहरुले एक्स्पोजर पाएको भएपनि ब्याटिङमा समस्या हुँदा राम्रो गर्न नसकेको बताए। 

अबको विश्वकपका लागि नेपालले राम्रो टोलीसँग तयारी गर्दा नतिजा आउन सक्ने उनले सुनाए। 

‘पछिल्लो समय नेपाली टोलीले सुधार गरिरहेपनि देशबाहिर एक्पोजर पायौँ भने राम्रो गर्न सक्छौँ होला। घरेलु मैदानमा त राम्रो गरिरहेका छौँ, अब क्यानसँग छलफल गरेर बाहिरको मैदानमा एक्पोजरको जरुरी छ,’ उनले भने।

घरेलु मैदानमा फ्लड लाइट भयो भने आफुहरूलाई सजिलो हुने पनि कप्तान पौडेलले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .