ad ad

खेल


भारतसँग पराजित हुँदै ‘सुपर एट’बाट बाहिरियो बंगलादेश

भारतसँग पराजित हुँदै ‘सुपर एट’बाट बाहिरियो बंगलादेश

नेपालखबर
असार ९, २०८१ आइतबार ५:५६, काठमाडौँ

उपाधि दाबेदार भारतसँग पराजित हुँदै बंगलादेश आईसीसी टी–२० विश्वकपको सुपर ८ बाट बाहिरिएको छ। 

शनिबार राति भएको खेलमा बंगलादेशलाई ५० रनले पराजित गर्दै भारत भने सेमिफाइनल नजिक पुगेको छ। 

सुपर ८ को समूह ८ मा रहेको भारतले लगातार दोस्रो खेलमा जित निकाल्दै ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ। जारी विश्वकपमा भारत अपराजित छ। 

१ खेल खेलेको अष्टे«लिया २ अंकमा दोस्रो स्थानमा छ। समान खेलबाट अफगानिस्तान अंक विहिन रुपमा तेस्रो स्थानमा छ। लगातार दोस्रो खेलमा पराजित बंगलादेश तालिकाको पुछारमा छ। 

भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४६ रन मात्र बनाउन सक्यो। 

कप्तान नजमुल होसैन सान्टोले बनाएको ४० रन नै बंगलादेशका लागि सर्वाधिक रह्यो। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। तान्जिन हसनले २९ र रिसद होसैनले २४ रन थपे। 

भारतका लागि कुलदिप यादवले ३ विकेट लिए। अर्शदिप सिंह र जसप्रित बुमराहले समान २ विकेट लिए। हार्दिक पाड्याले १ विकेट लिए। 

त्यसअघि बंगलादेशले टस जिेतर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९६ रनको योगफल तयार पारेको थियो। 

हार्दिक पाण्ड्याले अर्धशतक प्रहार गरे। उनले २७ बलमा ४ चौका र ३ छक्का सहयोगमा ५० रनमा नटआउट रहे। 

विराट कोहली ३७, रिसव पन्त ३६ र शिवम् दुवेले ३४ रन प्रहार गरे। कप्तान रोहित शर्मा २३ रनमा क्याच आउट भए। 

बंगलादेशका लागि तान्जिम हसन सकिव र रिसद हौसैनले समान २ विकेट लिए। सकिव अल सनले एक विकेट लिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .