ad ad

खेल


टी-२० विश्वकप : सुपर ८ मा अफगानिस्तानसँग २१ रनले हार्‍यो अस्ट्रेलिया

प्याट कमिन्सले ह्याट्रिक विकेट लिएर रचे इतिहास
टी-२० विश्वकप : सुपर ८ मा अफगानिस्तानसँग २१ रनले हार्‍यो अस्ट्रेलिया

नेपालखबर
असार ९, २०८१ आइतबार ९:५९, काठमाडौँ

टी-२० विश्वकपको सुपर ८ को आठौँ खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ। 

आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले ह्याट्रिक विकेट लिएर इतिहास रचेका छन्। 

उनी टी-२० विश्वकपमा दुईपटक ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन्।

अस्ट्रेलियाका कप्तान मिचेल मार्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो। 

अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ४९ बलमा ६० रन बनाए।

अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए। कमिन्सले बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए।

ओपनर गुरबाज र इब्राहिम जर्दानले ११८ रनको उत्कृष्ट साझेदारी गरे। टी-२० विश्वकपमा अस्ट्रेलियाविरुद्धको यो तेस्रो ठूलो साझेदारी हो।

१४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा १२७ रन मात्र बनाउन सक्यो।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा सर्वाधिक ५९ रन बनाए।

अस्ट्रेलियाले यो विश्वकपमा पहिलो खेलमा पनि हार बेहोरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .