ad ad

खेल


विश्वविजेता भारत र उपविजेता दक्षिण अफ्रिकाले आईसीसीबाट कति पाए पुरस्कार रकम?

विश्वविजेता भारत र उपविजेता दक्षिण अफ्रिकाले आईसीसीबाट कति पाए पुरस्कार रकम?

उपाधिसँगै भारतले कुल २४ लाख ५० हजार अमेरिकी डलर हात पारेको छ। तस्बिर : आईसीसी/गेट्टी


नेपालखबर
असार १६, २०८१ आइतबार १३:०, काठमाडौँ

आईसीसी टी२० विश्वकप शनिबारको फाइनलसँगै सम्पन्न भएको छ। फाइनलमा ७ रनले दक्षिण अफ्रिकालाई पराजित गरेसँगै भारतले विश्वकपको उपाधि हात पारेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट क्षतिमा १७६ रन बनाएको थियो। १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २० ओभरमा ८ विकेट क्षतिमा १६९ रनमै समेटिँदा उपाधि भारतले आफ्नो पोल्टामा पार्‍यो। 

उपाधिसँगै भारतले कुल २४ लाख ५० हजार अमेरिकी डलर हात पारेको छ। उपविजेता बनेको दक्षिण अफ्रिकाले १२ लाख ८० हजार अमेरिकी डलर पाएको छ। 

सेमिफाइनलमा हारेका इंग्ल्यान्ड र अफगानिस्तानले समान ७ लाख ८७ हजार ५ सय अमेरिकी डलर प्राप्त गरेका छन्। 

कीर्तिमानी पुरस्कार राशि 
यसपटकको विश्वकपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले १ करोड १२ लाख अमेरिकी डलरको कीर्तिमानी पुरस्कार राशि घोषणा गरेको थियो। 

यसअनुसार विजेता, उपविजेता र सेमिफाइनल पुगेका टोलीले कम्तीमा उक्त पुरस्कार रकम हात पारेका हुन्। उक्त चार टोलीबाहेक आईसीसीबाट दोस्रो चरण पार नगर्ने टोली प्रत्येकले ३ लाख ८२ हजार ५ सय अमेरिकी डलर पाएका छन्। 

त्यसैगरी नवौँ र १२औँ स्थानसम्मका टोली प्रत्येकले २ लाख ४७ हजार ५ सय, १३ देखि २० स्थानसम्मका टोली प्रत्येकले २ लाख २५ हजार अमेरिकी डलर पाएका छन्। आईसीसीले सेमिफाइनल र फाइनलमा बाहेक सबै टिमलाई हरेक जितमा प्रतिटोली ३१ हजार १५४ अमेरिकी डलर अतिरिक्त रकम दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .