ad ad

खेल


स्लोभेनियालाई टाइब्रेकरमा हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

स्लोभेनियालाई टाइब्रेकरमा हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

नेपालखबर
असार १८, २०८१ मंगलबार ६:४१, काठमाडौँ

स्लोभेनियालाई टाइब्रेकरमा हराउँदै पोर्चुगल युरो कप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सोमबार राति भएको खेलमा स्लोभेनियालाई टाइब्रेकरमा ३–० गोलअन्तरले जित्दै पोर्चुगल अन्तिम ८ मा पुगेको हो।

निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

अतिरिक्त समयको पहिलो हाफमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा खेल टाइब्रेकरसम्म पुगेको थियो। 

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। 

टाइब्रेकरमा गोलरक्षक डियगो कोस्टाले तीन पेनाल्टी जोगाउँदा पोचुर्गल नाटकीय रूपमा क्वार्टरफाइनलमा पुगेको हो।

टाइब्रेकरमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गरे। 

क्वार्टरफाइनलमा पोर्चुगल र फ्रान्स खेल्नेछन्। 

गएराति नै भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ। 

खेलको ८५औँ मिनेटमा पाएको उपहार गोलमै फ्रान्सले अन्तिम ८ को यात्रा तय गरेको हो। 

प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा मंगलबार राति रोमानिया र नेदरल्यान्ड्स तथा अस्ट्रिया र टर्की खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .