ad ad

खेल


नेदरल्यानड्सलाई हराउँदै साविक विजेता इङग्ल्यान्ड युरो कपको फाइनलमा

नेदरल्यानड्सलाई हराउँदै साविक विजेता इङग्ल्यान्ड युरो कपको फाइनलमा

नेपालखबर
असार २७, २०८१ बिहिबार ६:४, काठमाडौँ

नेदरल्यानड्सलाई हराउँदै साविक विजेता इङग्ल्यान्ड युरो कपको फाइनलमा प्रवेश गरेको छ। 

बुधबार राति डर्टमुन्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्यान्ड्समाथि २–१ को जित निकाल्दै इङग्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको हो। 

योसँगै युरोकप- २०२४ को उपाधिका लागि इङग्ल्यान्ड र स्पेन भिड्ने भएका छन्। 

खेलको सातौँ मिनेटमा जाभी सिमोन्सको गोलमा डच टोलीले सुरुवाती अग्रता बनाएको थियो। तर १७ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इङग्ल्यान्डलाई बराबरीमा ल्याए। 

खेलको अन्तिम मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका ओली वाटकिन्सको निर्णायक गोलमा इङग्ल्यान्डले फाइनल यात्रा तय गरेको हो। 

उपाधिका लागि इङग्ल्यान्ड र स्पेन आइतबार राति भिड्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .