माल्दिभ्समा जारी काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीले लगातार दोस्रो हार व्यहोरेको छ।
राजधानी मालेको सोसल सेन्टरमा भएको आफ्नो दोस्रो खेलमा नेपाली टोली किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो।
प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले २७-२५ ले गुमायो। त्यसपछिका दुई सेट २५-२३ र २५-१७ ले गुमाउँदा नेपालले लगातार दोस्रो हार व्यहोर्नुपरेको हो।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो।
किर्गिस्तानले भने लगातार दोस्रो जित हात पारेको छ।
राउन्ड रोविनको अन्तिम खेलमा नेपालले शनिबार घरेलु टोली मालदिभ्ससँग खेल्नेछ।
अंक तालिकाको पहिलो र चौथो स्थानमा रहने टोली तथा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनल खेल सोमबार हुनेछ।
सेमिफाइनलको विजेताले फाइनल खेल्नेछन्। पराजित टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन्। फाइनल र तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा हुनेछ।
Shares
प्रतिक्रिया