ad ad

खेल


नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

नेपालखबर
साउन ६, २०८१ आइतबार २१:५७, काठमाडौँ

एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ।

नेपालले दिएको १ सय ९ रनको सामान्य लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो।

पाकिस्तानका लागि ओपनरद्धय गुल फिरोजा र मुनिवा अलिले १ सय ५ रनको शतकिय साझेदारी गरे। फिरोजा ५७ रन बनाउँदा कविता जोशीको बलमा क्याच आउट भईन्। उनले ३५ बलमा १० चौका प्रहार गरिन्।

मुनिवा ४६ तुवा हसन १ रनमा नटआउट रहे। मुनिवाले ३४ बलमा ८ चौका प्रहार गर्दै अविजित रहिन्।

त्यसअघि रंगिरी डमुल्ला क्रिकेट स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रनको योगफल तयार पारेको हो।

छैटौँ विकेटका लागि पुजा महतो र कविता जोशीले ३४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे।

२३ बलमा ४ चौका र १ छक्का प्रहार गरेकी कविता जोशी ३१ रनमा अविजित रहिन्।

३२ बलमा ३ चौका प्रहार गरेकी पुजा २५ रन बनाउँदा रनआउट भइन्।

सीता रानामगर २६ रन बनाउँदा रन आउट भईन्। उनले ३० बलमा ३ चौका प्रहार गरिन्।

कविता कुवँर १३ रन बनाउँदा क्याच आउट भइन्। कप्तान इन्दु बर्मा शून्य रनमा नै बोल्ड आउट भइन्। रुविना क्षेत्री ८ रनमा रनआउट रहिन्।

नेपाललाई कम स्कोरमा रोक्न पाकिस्तानका लागि सादिया इकवालले २ तथा फतिमा सनाले १ विकेट झारिन्।

समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार भारतविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .