ad ad

खेल


हसन अलीले भने- भारतीय टोली पाकिस्तान आएन भने हामी ऊबिनै खेल्नेछौँ

‘खेलकुदलाई राजनीतिबाट टाढा राख्नुपर्छ’
हसन अलीले भने-  भारतीय टोली पाकिस्तान आएन भने हामी ऊबिनै खेल्नेछौँ

पाकिस्तानी क्रिकेटर हसन अली


नेपालखबर
साउन ७, २०८१ सोमबार १०:११, काठमाडौँ

पाकिस्तान सन् २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना गर्न तयार छ।

तर भारत र पाकिस्तानबीच चलिरहेको राजनीतिक तनावका कारण भारतले पाकिस्तान भ्रमण नगर्ने खबर बाहिर आएको छ, जसले आयोजकलाई ठूलो झट्का लाग्न सक्छ।

भारतीय टोली पाकिस्तान नआउने खबर सार्वजनिक भएपछि पाकिस्तानी क्रिकेटर हसन अलीले तिखो प्रतिक्रिया दिएका छन्। उनले भारतबिना नै खेल्ने बताएका छन्।

साम टीभीसँग कुरा गर्दै उनले भनेका छन्, ‘यदि हामी भारतमा खेल्न जान सक्छौँ भने उनीहरू पनि पाकिस्तान आउनुपर्छ। खेलकुदलाई राजनीतिबाट टाढा राख्नुपर्छ भनेर धेरैले बारम्बार भनेका छन्। फरक दृष्टिकोणबाट हेर्ने हो भने धेरै भारतीय खेलाडीले पनि आफ्नो अन्तर्वार्तामा पाकिस्तानमा खेल्न चाहेको बताएका छन्।’

भारतीय क्रिकेट टोली खेल्न पाकिस्तान आउन चाहेको तर उसले आफ्नो देश र बोर्डको निर्णय हेर्नुपर्ने उनको भनाइ छ।  

आईसीसी च्याम्पियन्स ट्रफी प्रतियोगिता २०२५ फेब्रुअरी १९ देखि मार्च ९ सम्म चल्नेछ। च्याम्पियन्स ट्रफीको फाइनल खेल लाहोरको गद्दाफी स्टेडियममा हुनेछ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतले खेल्ने खेल दुबई वा श्रीलंकामा सार्न आईसीसीलाई अनुरोध गर्ने बताइएको छ।

यसमा प्रतिक्रिया दिँदै पाकिस्तानी क्रिकेटर हसन अलीले भनेका छन्– यदि भारतले पाकिस्तान आउन अस्वीकार गर्‍यो यो प्रतियोगिता भारत बिना नै खेलिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .