ad ad

खेल


२०३० मा हुने महिला टी२० विश्वकपमा १६ टोली

२०३० मा हुने महिला टी२० विश्वकपमा १६ टोली

नेपालखबर
साउन ७, २०८१ सोमबार १८:२५, काठमाडौँ

सन् २०३० मा हुने आईसीसी महिला टी२० विश्वकपमा सहभागी टोली बढ्ने भएका छन्। 

श्रीलंकामा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को बोर्ड बैठकले ६ वर्षपछि हुने महिला विश्वकपमा १६ टोलीलाई खेलाउने निर्णय गरेको हो। 

सन् २००९ मा भएको पहिलो संस्करणमा ८ टोलीले विश्वकप खेलेकामा २०१६ मा १० टोली सहभागी थिए। अब २०२६ मा इंग्ल्यान्डमा हुने विश्वकपमा १२ टोलीले खेल्नेछन्। त्यसपछि विश्वकपमा १६ टोलीले खेल्न पाउने आईसीसीले जनाएको छ। 

आईसीसीको चिफ एक्जुकेटिभ्स कमिटी (सीईसी)ले आईसीसी पुरुष टी२० विश्वकप २०२६ का लागि आठवटा क्षेत्रीय क्वालिफाइङ स्पट वितरण पनि टुंग्याएको छ।

यसअनुसार अफ्रिका र युरोपबाट समान दुई टोली, अमेरिकाबाट १, एसिया र पूर्वीएसिया प्रशान्त क्षेत्रबाट तीन टोली क्वालिफाई हुनेछन्। यसअघि एसियाबाट २ र ईएपीबाट एक टोली छुट्याइएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .