ad ad

खेल


सेमिफाइनलमा नेपाल पराजित, तेस्रो स्थानका लागि माल्दिभ्सविरुद्ध खेल्ने

सेमिफाइनलमा नेपाल पराजित, तेस्रो स्थानका लागि माल्दिभ्सविरुद्ध खेल्ने

नेपालखबर
साउन ८, २०८१ मंगलबार ६:२८, काठमाडौँ

मालदिभ्समा जारी काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा नेपाली युवा टोली किर्गिस्तानसँग पराजित भएको छ।

राजधानी मालेस्थित सोसल सेन्टरमा सोमबार राति भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल किर्तिस्तानसँग २५–१४, २५–२२ र २५–१३ ले पराजित भयो। 

समूह चरणको पहिलो खेलमा पनि नेपाल किर्गिस्तानसँग सोझो सेटमा नै पराजित भएको थियो। सेमिफाइनलमा पराजित भएसँगै नेपालले अब तेस्रो स्थानका लागि आयोजक माल्दिभ्सविरुद्ध खेल्ने भएको छ। 

हिजै भएको पहिलो सेमिफाइनलमा माल्दिभ्स श्रीलंकासँग सोझो सेटमा नै पराजित भएको थियो।  काभाको उपाधिका लागि अब किर्गिस्तान र श्रीलंका भिड्नेछन्। फाइनल र तेस्रो स्थानको खेल मंगलबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .