ad ad

खेल


एसिया कप : भारतद्वारा नेपालसामु १ सय ७९ रनको विशाल लक्ष्य

एसिया कप : भारतद्वारा नेपालसामु १ सय ७९ रनको विशाल लक्ष्य

नेपालखबर
साउन ८, २०८१ मंगलबार २०:४२, काठमाडौँ

एसीसी महिला एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतिय टोलीले नेपाली महिला टोलीसामु १ सय ७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

श्रीलंकाको डम्बुलास्थित रंगिरी डम्बुला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७८ रनको विशाल योगफल तयार पारेको हो।

पहिलो विकेटका लागि ओपनर सफाली वर्मा र डेलायन हेमालताले १ सय २२ रनको विशाल साझेदारी गरे।

नेपालका लागि अलराउण्डर सीता राना मगरले ओपनर दयालान हेमालतालाई रुविना क्षेत्रीको हातबाट क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाइन्। उनले ४२ बलमा ५ चौका र १ छक्का सहयोगमा ४७ रन बनाएकी थिईन्।

१६ औँ ओभरको तेस्रो बलमा सीताले ओपनर सेफालीलाई ८१ रन बनाउँदा विकेट किपरको हातबाट आउट गराईन्। सेफालीले १२ चौका र १ छक्का सहयोगमा ८१ रन बनाउँदा पेभेलियन फर्किईन्।

१९ औँ ओभरको तेस्रो बलमा कविता जोशीले सजिभन सजनालाई १० रन बनाउँदा एलबीडब्लु धरापमा पारिन्।

जेमिनाह रोड्रिगेज २८ र रिचा घोष ६ रनमा अविजित रहे।

नेपालका लागि सीता राना मगरले दुई तथा कविता जोशीले १ विकेट झारे।

नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .